वाणिज्य बैंकहरुको वित्तीय रिपोर्ट सुधारोन्मुख, खुद नाफा ११% ले बढ्यो
काठमाण्डौ । वाणिज्य बैंकहरुले साढे ३० अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११।५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।यस अवधिसम्म आइपुग्दा बैंकहरुको खुद ब्याज आम्दानी...

