बुधबार, भाद्र ३,२०८३ 03:31:44
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:31:44
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकहरुले कमाए रु.३८.०१ अर्ब नाफा, आधाको गिरावट

वाणिज्य बैंकहरुले कमाए रु.३८.०१ अर्ब नाफा, आधाको गिरावट
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले चालु आवको ७ महिनासम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आधा बैंकको नाफामा सुधार देखिएको छ भने आधा बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । समग्रमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको देखिएपनि खासै सन्तोषजनक देखिएको छैन ।  

राजनीतिक अस्थिरताका कारण बैंकहरुले अपेक्षित नाफा बढाउन सकेका छैनन् । गत आवको तुलनामा नाफा बढाउने बैंकहरुले पनि सामान्य मात्रै नाफा ग्रोथ गरेको तथ्याङ्कले देखाएको छ ।  

Bizshala
CG Motors

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिसम्म ५ अर्र्ब  ३८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको तुलनामा ३४.२१ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिसम्म बैंकले ४ अर्ब एक करोड रुपैयाँ नफा कमाएको थियो ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको । बैंकले ६.६२ प्रतिशतले नाफा ग्रोथ गरी सो अवधिसम्म ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो ।  

तेस्रो बढी नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । बैंकले ३ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३२९.८६ प्रतिशत बढी हो । 

माघ मसान्तसम्ममा एभरेष्ट बैंकले २ अर्ब ५० करोड, प्राइम बैंकले २ अर्ब ३९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड, एनएमबि बैंकले २ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड, नेपाल बैंकले १ अर्ब ८५ करोड, सानिमा बैंकले १ अर्ब ७३ करोड, स्ट्याण्डर्ड चार्टड बैंकले १ अर्ब ५६ करोड र हिमालयन बैंकले १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ ।

साथै प्रभु बैकले १ अर्ब ३६ करोड, माछापुच्छ्रे बैकले १ अर्ब २४ करोड, कृषि विकास बैकले १ अर्ब २० करोड, नेपाल एसबिआई बैकले १ अर्ब २० करोड, सिटिजन्स बैकले ५७ करोड, एनआईसी एशिया बैकले ४४ करोड र लक्ष्मी सनराइज बैकले २४ करोड रुपैयाँ नाफा कमाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.