सोमबार, श्रावण १८,२०८३ 03:36:42
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:42
Bizshala
Global IME Bank Limited

१८.९ अर्ब डलर सम्पत्ति भएका ९२ वर्षिय यी धनाढ्य गर्दैछन् ५ औं विवाह

१८.९ अर्ब डलर सम्पत्ति भएका ९२ वर्षिय यी धनाढ्य गर्दैछन् ५ औं विवाह
New Office

काठमाण्डौ । भनिन्छ, माया गर्नलाई उमेरले छेक्दैन भनेर । यो भनाई मिडिया टाइकुन रुपर्ट मर्डोकको हकमा हुबहु लागू भएको छ । ९२ वर्षिक अर्बपति रुपर्ट मार्डोक ५ औं विवाह गर्न गईरहेका छन् । जसको घोषणा उनले स्वयंम गरेका छन् । रिपोर्टका अनुसार उनले आफ्नो विवाहको मिति समेत घोषणा गरिसकेका छन् ।  

द न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसरा रुपक मर्डोकले सन् २०२४ मा आफ्नी प्रेमिका एलेना झुकोवासँग विवाहको योजना बनाएका छन् । गत वर्ष पनि उनको विवाह बारे चर्चा भएको थियो । तर त्यतिबेला उनले विवाहको घोषणा रद्द गरेका थिए ।  

रिपोर्टका अनुसार एलेना झुकोवा रुसको मस्कोमा बसोवास गर्छिन र उनको उमेर ६७ वर्ष रहेको छ । एउटा अर्को रिपोर्टका अनुसार झुकोवासँग मर्डोकको भेटघाट,उनकी तेस्रो श्रीमती वेंडी डेंगेले गराएकी थिइन् । भेटघाटपश्चात दुवैले केहि समयपश्चात विवाह बन्धनमा बाधिने निर्णय गरेका हुन् । मिडिया टाइकुन मर्डोकको अन्तिम पारपाचुके सन् २०२२ मा भएको थियो । अभिनेत्री तथा मोडल जेरी हलले डिभोर्स दिएपछि उनको चौथो वैवाहिक सम्बन्ध समाप्त भएको थियो ।  

मर्डोकका ६ सन्तानका छन् । अष्ट्रेलियामा सन् १९३१ मा जन्मिएका मर्डोक अमेरिकाको धनाढ्यमध्ये एक हुन् । फोब्र्स बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १८.९ अर्ब डलर रहेको छ ।  

मर्डोक अमेरिका,अष्ट्रेलिया र बेलायतका ठूला पत्रिका र टिभी च्यानलका मालिक हुन् । बेलायतको चर्चित ‘द टाइम्स,सन्डे टाइम्स,द सन’ लगायत अन्य थुप्रै अखबारका उनी मालिक हुन् । यसका साथै उनी अमेरिकाको वाल स्ट्रिट जर्नल,न्यूयोर्क पोष्ट,सेभेन न्यून इन्फर्मेशन सर्भिसेस्,फक्स टिभी ग्रुप र स्काई इटालियामा मालिक हुन् । मनोरञ्जन कम्पनी ट्वान्टी फस्ट सेन्चुरी फक्स पनि उनकै हो । स्टार स्पोर्ट्स च्यानलमा पनि उनको स्वामित्व रहेको छ ।

यसका साथै नेशनल जियोग्राफिक र ब्रिटिश स्काई ब्रोड्कास्टरमा पनि उनको स्वामित्व रहेको छ ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.