काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक स्थलमा भएको आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद दिएका थिए ।
यससँगै ट्रम्पले भनेका छन्, ‘धेरै स्थानलाई लक्षित गर्न बाँकी छ। अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ। यदि त्यसो गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुनेछ।’
इरानका आणविक स्थलहरूको बारेमा कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौंदेखि यी ठाउँहरूको नाम सुन्दै आएका छन् किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना बनाइएको थियो।’
उनले थप भने, ‘म विश्वलाई बताउन चाहन्छु कि आज रातिको हमला पूर्ण रूपमा सफल भयो।’
ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘या त त्यहाँ शान्ति हुनेछ, वा इरानको लागि एउटा त्रासदी हुनेछ जुन हामीले पछिल्लो आठ दिनमा देखेका भन्दा धेरै ठूलो हुनेछ।’