सोमबार, असार १६,२०८२ 03:01:08
  • सोमबार, असार १६,२०८२ 03:01:08
Global IME Bank Limited

मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट

Hyundai Nepal
मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार डब्लुटीआई र ब्रेन्ट क्रुड दुवैको मूल्यमा गिरावट आएको हो ।  

डब्लुटीआई क्रुडको मूल्य ०.६१ प्रतिशत अर्थात ०.४० डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६५.१२ डलर कायम भएको छ ।  

यस्तै ब्रेन्ट क्रुडको मूल्य ०.३० प्रतिशत अर्थात ०.२० डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको कारोबार प्रतिब्यारेल ६७.५७ डलरमा भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

मध्यपूर्वको भू–राजनीतिक अवस्थामा देखिएको सुधार र ओपेक प्लसले आगामी अगस्ट महिनामा उत्पादन बढाउने सम्भावनाका कारण कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।  

गत साता यी दुवै बेन्चमार्कले सन् २०२३ मार्च पछिकै सबैभन्दा ठूलो साप्ताहिक गिरावटको सामना गरेका थिए । तर जुन महिना भने वृद्धिका साथ अन्त्य हुने देखिएको छ ।  

इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्धका कारण ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपतिले दुई राष्ट्रबीच युद्धविरामको घोषणा गरेसँगै भने यसको मूल्य प्रतिब्यारेल ६७ डलरमा झरेको थियो ।  

यस्तै ओपेक प्लसले अगस्ट महिनामा प्रतिदिन ४ लाख ११ हजार ब्यारेल तेल उत्पादन बढाउने तयारी गरेको छ जुन मे, जुन र जुलाईकै निरन्तरता हो । ओपेक प्लसको बैठक जुलाई ६ मा बस्दैछ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.