बुधबार, भाद्र ३,२०८३ 08:50:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:50:13
Bizshala
Global IME Bank Limited

आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता

आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडी)बीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाण्डौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरे ।  

चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कुटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

Bizshala
CG Motors

नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरुलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाईएको छ ।

व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कुटनीति र लगानी अभिवृद्धि जस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्त रुपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ ।

दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कुटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्य मार्फत आर्थिक कुटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आईआरजीडीडीसँग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.