आईतवार, फाल्गुन ११,२०८१ 12:14:16
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 12:14:16
IME remit
Global IME Bank Limited

एकीकृत समाजवादीको प्रचण्ड सरकार ढाल्ने धम्की, विश्वासको मत दिनुअघि बार्गेनिङ

Hyundai Nepal
एकीकृत समाजवादीको प्रचण्ड सरकार ढाल्ने धम्की, विश्वासको मत दिनुअघि बार्गेनिङ
Nabil Bank Limited

काठमाण्डौ । एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन धरापमा पर्नसक्ने सम्भावना देखिएको छ ।  

नयाँ गठबन्धनमा अरुभन्दा केही पछि सहभागी बनेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा अधिकांशले सरकारमा सहभागी हुने सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाएपछि अवस्था केही फेरिनसक्ने सम्भावना देखिएको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बुधबार विश्वासको मत लिने कार्यक्रम छ । त्यसको अघिल्लो दिन राष्ट्रियसभा अध्यक्षको निर्वाचन छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बहुप्रतिक्षित यी दुवै तालिका अगाडि एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सोमबार भाँडभैलोको अवस्था देखिएको हो ।  

सांसदहरुले व्यापक छलफल नगरी हतारमा धोका दिइरहने प्रचण्ड सरकारमा सहभागी भएको, शीर्ष नेताहरुले आफूखुशी मन्त्रीको नाम पठाएको भन्दै व्यापक असन्तुष्टि जनाएका थिए ।  

अधिकांश सांसदहरुले पार्टीले राखेका शर्तहरुमा प्रचण्डले लिखित सहमति नगरेसम्म विश्वासको मत दिन नहुने र राष्टियसभा अध्यक्षमा समर्थन पनि गर्न नहुने माग उठेको थियो । 

सो पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो दलले राखेका मागहरुको लिखित सुनुवाई नभए प्रधानमन्त्रीलाई भोट हालिरहनुपर्छ भन्ने अनिवार्यता नरहेको बताएका छन् ।  

प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिने विश्वासको मतमा हामी अहिलेसम्म पोजिटिभ नै छौं । तर, हाम्रा मागको सुनुवाई नहुने र हामीले उहाँलाई मात्र समर्थन गरिरहने भन्ने विषय न्यायोचित नहुने उनको दाबी छ ।  

उनले आफ्ना मागहरु पूरा नभए प्रचण्ड सरकार अल्पमतमा पर्नसक्ने चेतावनी समेत दिए । सरकार गठन भएको केही दिनमै ढल्ने या नढल्ने भन्ने विषय प्रचण्डमै भर पर्ने उनको भनाई छ ।  

सो पार्टीका एक सांसदका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नेताहरुले प्रचण्डसँग के के समझदारी भएको छ भनेर बैठकमा र्याख र्याख्ती पारेका थिए । प्रचण्डको बोलीको कुनै भर नभएको भन्दै सांसदहरुले विरोध जनाएपछि उनीहरुलाई आश्वस्त पार्न अध्यक्ष नेपाललाई बैठकस्थलबाटै प्रधानमन्त्रीलाई फोन गरेर ह्याण्ड्स फ्रीमा सुनाउनु परेको थियो ।

सांसदहरुले प्रचण्ड सरकारलाई समर्थन गरेर अगाडि बढ्न नहुने बताए पनि अध्यक्ष नेपाल र सो पार्टीका सम्मानित नेता झलनाथ खनाल भने त्यसो गर्न नहुने पक्षमा छन् ।  

कतिपयले सांसदहरुलाई अगाडि सारेर एकीकृत समाजवादीले विश्वासको मत दिनुअघि र राष्टियसभाको अध्यक्षको निर्वाचनअघि बार्गेन गरेको दाबी गरेका छन् ।  

कांग्रेससहितको अघिल्लो गठबन्धनमा एकीकृत समाजवादीले पनि एकवर्ष प्रधानमन्त्री पाउने सहमति भएको थियो । एमालेसहितको गठबन्धनमा भने त्यस्तो सहमति छैन । शीर्ष नेताहरुकै डिजाइनमा प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडमा आफूहरुले पनि भाग पाउनुपर्ने विषयलाई विश्वासको मत दिनुअघि बार्गेन गर्न खोजिएको समेत देखिने कतिपय विश्लेषकहरु दाबी गर्छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.