आईतवार, कार्तिक ८,२०८३ 11:18:55
  • आईतवार, कार्तिक ८,२०८३ 11:18:55
Global IME Bank Limited

धितोपत्र ब्रोकर्श एशोसिएसनको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित

Bizshala
धितोपत्र ब्रोकर्श एशोसिएसनको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित
New Office

काठमाण्डौ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको (डिब्यान) प्रथम बार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्बाचित भएका छन् । सोमबार काठमाडौमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।  

अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार तथा इन्दीरा सेकुरिटिज प्रालिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन ब्यबसायको क्षेत्रमा परिचित नाम हो । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको प्रथम साधारण सभाको उदघाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले गरेका थिए भने नेप्चेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की  लगायतको उपस्थती रहेको थियो । प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवत्ता बिष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका हुन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक सरकारले राष्ट्रपतिले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । मेलमिलाप कर्ता समेत रहेका गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् ।  

नवनिर्बाचित सदस्य गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । गिरी अर्थ सवाल मिडिया प्रालि  र अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार हुन गिरीले पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । 

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका नबनिर्बाचित सदस्य बिष्णु गिरीले, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् । सदस्य गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९ लगायतका दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी नेपाली उपभोत्ता संरक्षण महांसंघका केन्द्रीय सदस्य समेत हुन् ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.