मंगलवार, आश्विन १३,२०८३ 09:30:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:30:23
Bizshala
Global IME Bank Limited

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

Bizshala
रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
New Office

काठमाण्डौ । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासँगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।  

मालसामान लिएर नेपाल तर्फ आउँदै गरेका संयौं कन्टेनर  सवारी साधनहरु बाढीले बगाउँदा व्यापार तथा व्यवसायमा गम्भिर क्षति भएको चेम्बरद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसंगै भौतिक रुपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराईरहेकाहरुको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिएर महत्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसंग आग्रह गर्दछौं ।’

रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।  

चीनसँगको महत्वपूर्ण व्यापारिक नाका नाका बन्द हुँदा आयात–निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.