सोमबार, बैशाख ७,२०८३ 03:36:54
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 03:36:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनमार्फत विश्वभरबाट उठ्यो ५८.२ बिलियन डलर, भारतीय बजार बन्यो चौथो ठूलो प्लेटफर्म

Bizshala
आईपीओ निष्कासनमार्फत विश्वभरबाट उठ्यो ५८.२ बिलियन डलर, भारतीय बजार बन्यो चौथो ठूलो प्लेटफर्म
Shivam Cement

काठमाण्डौ । भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले सन् २०२५ को पहिलो ६ महिनामा ठूलो उपलब्धि हासिल गरेको छ। यस अवधिमा, नेशनल स्टक एक्सचेन्ज ४७ हजार करोड भारुको फण्ड अफरका साथ ग्लोबल आईपीओहरूको सूचीमा चौथो स्थानमा रहेको छ।

एनएसइ ७३ वटा आईपीओ जारी गर्दै संख्याको आधारमा सूचीको शीर्ष स्थानमा छ । अमेरिकी सेयर बजार नास्डक ६६ आईपीओसहित दोस्रो स्थानमा छ । एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको रिपोर्ट अनुसार पहिलो ६ महिनामा विश्वभर आईपीओ मार्फत कुल ५८.२ बिलियन डलर उठाइएको छ। जुन सन् २०२४ को तुलनामा ८.६ बिलियन डलरले बढी हो । यो अवधिमा अमेरिकामा आईपीओबाट प्राप्त रकम ५६ प्रतिशत र एशिया प्यासेफिकबाट ४४ प्रतिशतले बढेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो वर्षको जुन ३० सम्ममा विश्वका सबैभन्दा ठूलो आईपीओमा अमेरिका, भारत, जापान, साउदी अरेबिया र स्वीडेनका रहेका छन् ।    

विश्वभरको आईपीओमा भारतको एनएसईको हिस्सा ९ प्रतिशत छ। यस सूचीमा नास्डक गलेबल मार्केट, न्यूयोर्क स्टक एक्सचेञ्ज र नास्डक ग्लोबल सेलेक्ट मार्केट सूचीको शीर्ष स्थानमा छन्। यी एक्सचेन्जहरूले आईपीओमार्फत ४ लाख करोड रुपैयाँ उठाएका छन् । जुन जम्मा गरिएको विश्वभरको कुल रकमको ४७ प्रतिशत हो।

एस एण्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्सका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा भारतको एनएसई–बीएसईमा ११९ वटा आईपीओ आएका थिए । यसबाट ५१ हजार १५० करोड भारु उठेको छ । २०२४ को सोही अवधिमा १५७ आईपीओ मार्फत ३७ हजार ६८२ करोड रुपैयाँ उठाइएको थियो। 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.