काठमाण्डौ । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको टिकटकले जनाएको छ ।
शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो शार्क ट्यांक पहिलो पटक प्रस्तुत गर्दैछ। शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन्।
टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविद भन्छन्, ‘शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिंगलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास हामीले लिएका छौं। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं।’
हाल शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्याइरहेको छ। यसका अतिरिक्त, टिकटकले शोसँग सहकार्य गर्दै लामो फर्म्याटका कन्टेन्टहरू प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जनमा विविधता थप्ने र शोको स्टोरीटेलिंगलाई टिकटकको मौलिक फिचरसँग मिलाएर थप आकर्षक बनाउने विश्वास गरिएको छ।
नेपालका लागि शार्क ट्यांकको फ्रेन्चाइजी हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल भन्छन्, ‘नेपालमा शार्क ट्यांक जस्तो विश्वस्तरीय शो ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। टिकटकसँगको साझेदारीले हाम्रो शोको प्रभाव र पहुँचलाई अझ फैलाउनेछ। टिकटक मार्फत हामी युवापुस्ताका उद्यमी र दर्शकहरूसँग सिधा संवाद गर्न सक्छौं, जसले व्यवसायिक सोचलाई अझ सरल र प्रेरणादायी बनाउँछ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                