काठमाण्डौ । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टप–अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।
ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस् अन्तर्गतको कार्ड सर्भिसबाट(ई–कमनलाइन पेमेन्ट) मा आफ्नो विवरणहरु राखेर टप–अप गर्न सक्नेछन् ।
ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप–अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको वान टाइम पासवर्ड(ओटीपी) राखे पश्चात् कार्डमा तुरुन्तै टप अप हुनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।