सानिमा बैंकको नाफामा १६.६७% को सुधार, लाभांश क्षमता समेत घट्यो
काठममाण्डौ । सानिमा बैंक लिमिटेडको खुद नाफा १६.६७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यद्यपी बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड रुपैयाँमा सीमित...

