काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘दराजसँग महाबचत बजार २०८२’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी(ईमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।