आईतवार, आश्विन ४,२०८३ 11:55:41
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 11:55:41
Bizshala
Global IME Bank Limited

सानिमा बैंकको नाफा ४२% ले वृद्धि, वितरणयोग्य मुनाफा २.१४ अर्ब

सानिमा बैंकको नाफा ४२% ले वृद्धि, वितरणयोग्य मुनाफा २.१४ अर्ब
New Office

काठममाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ३५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो । 

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । आर्थिक प्रतिकुलताका बाबजुत पनि बैंकको व्यवसायमा सन्तोषजनक प्रगति देखिएको छ ।

बैंकले तेस्रो त्रैमाससम्म ५ अर्ब १६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको ४ अर्ब २८ करोडको तुलनामा २०.४८ प्रतिशतले बढी हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी बैंकको वितरणयोग्य मुनाफा २.५९ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब १९ करोड रुपैयाँ थियो ।

यससँगै बैंकको लाभांश क्षमतामा समेत झिनो कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १८.९२ प्रतिशत रहेको लाभांश क्षमता १८.५७ प्रतिशतमा सीमित बनेको छ ।

अघिल्लो आवमा २ अर्ब १० करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब १४ करोड पुगेको छ । रिजर्भ भने ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ३६ करोड रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०१८.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.२७ गुणा र तरलता अनुपात २७.५५ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.