काठमाण्डौ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण सानिमा बैंक लिमिटेडको टिमुरे शाखाको बैंकिङ सेवा प्रभावित भएको छ। भदौ १० गते आएको बाढीले सिर्जना गरेको सहज परिस्थिति नभएसम्मका लागि उक्त शाखाको सेवा पूर्ण रूपमा स्थगन गरिएको बैंकले जनाएको छ।
अर्को सूचना जारी नभएसम्म टिमुरे शाखा सञ्चालनमा नआउने भएकाले ग्राहकहरूलाई आवश्यक बैंकिङ कारोबारका लागि बैंकका अन्य शाखाहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ।
बैंकका अन्य शाखाहरूको विस्तृत विवरण तथा सम्पर्कका लागि आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। यस अप्रत्यासित प्राकृतिक विपत्ति तथा शाखा बन्दका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति सानिमा बैंकले दुःखेसो व्यक्त गर्दै क्षमाप्रार्थी रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।