काठमाण्डौ । सानिमा बैंकले ‘दराज ११.११’योजनामा आफ््ना ग्राहकहरुलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १३ प्रतिशत प्रति वर्षका दरले २४ महिनासम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।