मंगलवार, आश्विन १३,२०८३ 06:32:20
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:20
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

Bizshala
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५५ साल साउन ५ गते स्थापना भएको एनआईसी एशिया बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको हो ।  

यो बैंक विसं २०७० असार १६ गते एनआईसी बैंक र बैंक अफ एशिया नेपालसँग मर्ज भएर एनआईसी एशिया बैंकको रुपमा सञ्चालनमा रहँदै आएको छ । २८ वर्ष लामो यात्रासम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको बैंकले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले यस दौरानमा स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियामक निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति धन्यवाद व्यक्त गरेको छ।

‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं,’ बैंकले एक विज्ञप्ती जारी गर्दै भनेको छ ।  

बैंकले हालसम्म मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्यातउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा दिदै आएको बैंकले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.