मंगलवार, आश्विन १३,२०८३ 09:29:57
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:29:57
Bizshala
Global IME Bank Limited

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%

Bizshala
रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%
New Office

काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ ।  

अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब १३ करोडमा सीमित वितरणयोग्य मुनाफा बढेर २ अर्ब ८७ करोड बढी भएसँगै त्यसले लाभांश क्षमतामा पनि सुधार ल्याएको हो ।  

बैंकले समीक्षा अवधिमा ४ अर्ब १५ करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ८९ करोडमा सीमित थियो ।  

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ८४ करोडको उचाईमा पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब १३ करोडमा सीमित थियो ।  

अघिल्लो वर्ष १० अर्ब ५५ करोड रहेको खूद ब्याज आम्दानी केही घटी यो वर्ष ९ अर्ब ८२ करोडमा सीमित भए पनि रिकभरिमा ध्यान दिंदा लाभांश क्षमतासँगै नाफा बढ्न पुगेको देखिन्छ ।  

बैंकले गत वर्ष यही अवधिसम्म सम्भावित जोखिम तथा घाटा व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २ अर्ब ४५ करोड छुट्याउनु परेको थियो, तर यो वर्ष १० करोड ६२ लाखमा मात्र छुट्याउनु परेको छ ।

 अघिल्लो वर्षको यही अवधिसम्म ३.९१ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ३.२६ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएसँगै त्यसले इम्पेयरमेन्ट चार्ज घटाएको र गत वर्ष राखेको रकम समेत रिभर्सल हुँदा नाफा ह्वात्तै बढी लाभांश क्षमता बढ्न पुगेको देखिन्छ । योसँगै बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १८.५६ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी बढेर २७.६३ रुपैयाँको उचाईमा पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९३ अर्ब  ५७ करोड रहेको छ भने कुल कर्जा २ खर्ब १३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कुल निक्षेप २ खर्ब ४३ अर्ब ६२ करोड निक्षेप तथा २ खर्ब ३ अर्ब ६१ करोड बढी कर्जा रहेको थियो ।  

यो अवधिमा बैंकको रिटर्न अन इक्वीटी(आरओई) ११.८८ प्रतिशत(गत वर्ष ८.७८ प्रतिशत), रिटर्न अन एसेट १.२३ प्रतिशत(गत वर्ष १ प्रतिशत), कस्ट अफ फण्ड ३.८१ प्रतिशत(गत वर्ष ५.८८ प्रतिशत) कायम भएको छ ।  

यसरी हेर्दा निश्कर्षमा चालु वर्षमा EPS र Net Profit दुवैमा उल्लेख्य सुधार भएको छ, जसले लाभांश वितरण क्षमता बढाएको छ।

NPL र Net NPL घट्नु सकारात्मक छ, जसले कर्जा असुली क्षमता र आन्तरिक नियन्त्रण सुधारिएको देखाउँछ।

निक्षेप र कर्जा विस्तार स्वस्थ दरमा भएको छ, तर बजार ब्याजदर चापका कारण भविष्यमा ब्याज मार्जिनमा चुनौती आउन सक्छ।

पूँजी पर्याप्तता अनुपात १३% मा स्थिर रहनुले बैंक नियामकीय मापदण्डभन्दा माथि छ र विस्तार क्षमतामा बलियो देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.