काठमाण्डौ । मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई एम्बेसडर घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्।
रेहान श्रेष्ठ भिजिट नेपाल २०(२० को एम्बेसडर थिए। पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्ने छिन्।
सबै मिलेर नै समावेश हुँदै कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन। पराक्रम राणा कन्टेन्ट क्रियटर एवं ब्लगर पनि हुन्। उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक फ्रेण्डली कन्ट्री बताए। यसअघि इन्टरनेसनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्।
अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                