काठमाण्डौ । जेनजी समूहले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उक्त समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिएका छन्।
मन्त्रिपरिषद्का अनुसार, समितिले १५ दिनभित्र घटना सम्बन्धी छानबिन पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउने समयसीमा (टीओआर) तोकिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                