मंगलवार, भाद्र २४,२०८२ 06:10:51
  • मंगलवार, भाद्र २४,२०८२ 06:10:51
Global IME Bank Limited

गगन थापा रातभर सुत्न सकेनन्, कांग्रेस सरकारबाट फिर्ता हुने

Hyundai Nepal
गगन थापा रातभर सुत्न सकेनन्, कांग्रेस सरकारबाट फिर्ता हुने

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सरकारले बानेश्वरमा मच्चाएको नरसंहारका कारण आफू रातभरि सुत्न नसकेको बताएका छन् ।  

सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै उनले अबोध युवाहरु अनाहकमा मारिएको क्रूर दृश्य आँखै अगाडि घूमेका कारण पीडाले रातभरि सुत्न नसकेको बताएका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

'रातभर सुत्न सकिँन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन।' उनले लेखेका छन् -'अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ।'

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छाड्नुपर्ने पनि बताएका छन् । 

उनले नेपाली कांग्रेस समेत अब ओली नेतृत्वको सरकारमा सहभागी भइरहन नसक्ने र क्रूर दमनको साक्षी बनिरहन नसक्ने उद्घोष गरेका छन् ।  

'अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन।' उनले थपे -'नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।'

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.