आईतवार, बैशाख ६,२०८३ 11:38:18
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:38:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गगन थापा रातभर सुत्न सकेनन्, कांग्रेस सरकारबाट फिर्ता हुने

Bizshala
गगन थापा रातभर सुत्न सकेनन्, कांग्रेस सरकारबाट फिर्ता हुने
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सरकारले बानेश्वरमा मच्चाएको नरसंहारका कारण आफू रातभरि सुत्न नसकेको बताएका छन् ।  

सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै उनले अबोध युवाहरु अनाहकमा मारिएको क्रूर दृश्य आँखै अगाडि घूमेका कारण पीडाले रातभरि सुत्न नसकेको बताएका हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

'रातभर सुत्न सकिँन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन।' उनले लेखेका छन् -'अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ।'

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छाड्नुपर्ने पनि बताएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

उनले नेपाली कांग्रेस समेत अब ओली नेतृत्वको सरकारमा सहभागी भइरहन नसक्ने र क्रूर दमनको साक्षी बनिरहन नसक्ने उद्घोष गरेका छन् ।  

'अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन।' उनले थपे -'नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।'

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.