काठमाण्डौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुनले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् । पुनले फेसबुकमा स्टाटस लेख्दै आफू मन्त्री नबन्ने तर पायो भने प्रधानमन्त्री भने बन्ने बताएका हुन् ।
‘धेरैजना साथीहरुले मलाई फोन गरेर मन्त्री बन्न काठमाण्डौ आउनुपर्यो भन्नुहुन्छ । म बोलीको पक्का छु । पहिलेदेखि नै मैले भनिरहेको छु कि पायो भने प्रधानमन्त्री चाहीँ बन्ने तर मन्त्री त कुनैपनि हालतमा नबन्ने,’ उनले लेखेका छन् ।
उनले आफू प्रधानमन्त्री बने भने भ्रष्ट्राचार अन्त्य गर्ने बताएका छन् । ‘भ्रष्ट्राचारीलाई गोद्ने अधिकार मलाई कानूनले नै दिनुपर्छ,’ उनले लेखेका छन् ।