मंगलवार, असार ९,२०८३ 06:35:09
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:35:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए

Laxmi Sunrise Bank Limited
टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए

काठमाण्डौ । टर्कीको राजधानी अंकरामा हजारौं हजार मानिस सडकमा उत्रिएका छन् । उनीहरु विपक्षी पार्टीका प्रमुखलाई हटाउन सक्ने अदालतको एउटा निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा सोमबार फैसला हुँदैछ ।  

अदालतले सन् २०२३ मा प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी(सीएचपी)ले आयोजना गरेको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको विषयमा आज सुनुवाई गर्दैछ । अदालतको सुनुवाई हुनुअघिनै हजारौं मानिसहरु सडकमा आएका हुन् ।  

यस निर्णयले सीएचपीको अस्तित्वनै संकटमा पर्ने, वित्तीय बजारलाई प्रभावित पार्ने र सन् २०२८ को चुनावलाई समेत असर गर्ने जनाइएको छ । अदालतले सुनुवाईमा बिलम्ब गर्न सक्ने समेत जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आइतबारको प्रदर्शनमा बोल्दै सीएचपीका नेता अजगर ओजेलले सरकारले प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई लत्याउँदै र गत वर्ष स्थानिय चु्नावमा विपक्षीले हासिल गरेको जितलाई नजर अन्दाज गर्दै सत्ता कब्जा गर्न खोजेको बताए ।  

उनले समय अगावै चुनावको माग समेत गरेका छन् । ‘यो नितान्त राजनीतिक मुद्दाहो । हामीमाथि लागेको आरोप आधारहिन छन् । हाम्रा कमरेडहरु निर्दोष छन् । अहिले सरकारले जे गरिरहेको त्यो ‘कु’ हो । यो देशको भविष्यका राष्ट्रपति र भावि सरकारप्रतिको कु हो । हामी यसको विरोध गर्छौं, ओजेलले हजारौंको भिडलाई सम्बोधन गर्दै भने ।  

तर सरकारले भने विपक्षीको आरोपलाई नकार्दै यसमा कुनैपनि राजनीतिक उद्देश्य नभएको ्र न्यायालय निर्णय गर्न स्वतन्त्र भएको बताएको छ ।  

अटर्की सरकारले भ्रष्ट्राचारको अनुसमन्धान गर्न भन्दै विगत एक वर्षको अवधिमा ५ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ । जसमा १७ जना मेयर र अन्य सीएचपीद्वारा सञ्चालिन नगरपालिकाका अधिकारी रहेका छन् ।  

यस्तै हजारौं सीएचपी सदस्यहरुलाई समेत भ्रष्ट्राचार र आतंकवादको आरोपमा हिरासतमा राखिएको छ । यी मध्ये अध्यक्ष ताईइप इरडोगन र इस्तानबुलकका मेयर इक्रेम इमामोग्लु मुख्य व्यक्ति हुन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.