मंगलवार, आश्विन १३,२०८३ 06:27:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:27:19
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकले घटायो असोज महिनाका लागि ब्याजदर

Bizshala
एनआईसी एशिया बैंकले घटायो असोज महिनाका लागि ब्याजदर
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५८ प्रतिशत ब्याजदर दिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि २.७५ प्रतिशत ३ महिनादेखि ६ महिना मुनिका लागि ३ प्रतिशत, ६ महिनादेखि ९ महिना मुनिका लागि ३.२५ प्रतिशत, ९ महिनादेखि १२ महिना मुनिका लागि ३.५० प्रतिशत, १२ महिनाका लागि ४ प्रतिशत, १२ महिनामाथि देखि १८ महिनासम्मका लागि ४.५० प्रतिशत, १८ महिनामाथि देखि २४ महिनासम्मका लागि ४.७५ प्रतिशत, २४ महिनादेखि ३६ महिनासम्मका लागि ५ प्रतिशत, ३६ महिनामाथि देखि ६० महिना मुनिका लागि ५.५० र ६० महिना र सो भन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ५ प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिना मुनिका लागि २.७५ प्रतिशत, १ वर्षका लागि २.७५, १२ महिनामाथि देखि १८ महिनासम्मका लागि ३ प्रतिशत, १८ महिनामाथि देखि २४ महिनासम्मका लागि ३.२५ प्रतिशत, १८ महिनामाथि देखि ३६ महिनासम्मका लागि ३.७५ प्रतिशत, ३६ महिनामाथि देखि ६० महिना मुनिका लागि ४ र ६० महिना र सो भन्दा माथिका लागि ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.