काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५८ प्रतिशत ब्याजदर दिएको थियो ।
बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि २.७५ प्रतिशत ३ महिनादेखि ६ महिना मुनिका लागि ३ प्रतिशत, ६ महिनादेखि ९ महिना मुनिका लागि ३.२५ प्रतिशत, ९ महिनादेखि १२ महिना मुनिका लागि ३.५० प्रतिशत, १२ महिनाका लागि ४ प्रतिशत, १२ महिनामाथि देखि १८ महिनासम्मका लागि ४.५० प्रतिशत, १८ महिनामाथि देखि २४ महिनासम्मका लागि ४.७५ प्रतिशत, २४ महिनादेखि ३६ महिनासम्मका लागि ५ प्रतिशत, ३६ महिनामाथि देखि ६० महिना मुनिका लागि ५.५० र ६० महिना र सो भन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ ।
त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ५ प्रतिशत प्रदान गर्ने भएको छ ।
बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिना मुनिका लागि २.७५ प्रतिशत, १ वर्षका लागि २.७५, १२ महिनामाथि देखि १८ महिनासम्मका लागि ३ प्रतिशत, १८ महिनामाथि देखि २४ महिनासम्मका लागि ३.२५ प्रतिशत, १८ महिनामाथि देखि ३६ महिनासम्मका लागि ३.७५ प्रतिशत, ३६ महिनामाथि देखि ६० महिना मुनिका लागि ४ र ६० महिना र सो भन्दा माथिका लागि ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।