काठमाण्डौ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारनीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ताबारे फेसबुकमार्फत जानकारी दिएका हुन् ।
मोदीले कार्कीसँग हार्दिक संवाद भएको बताएका छन् । यसका साथै उनले नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना समेत प्रकट गरेका छन् ।
उनले नेपालमा शान्ति र स्थिरता पुनर्स्थापनाको लागि भारत सरकारले दृढ समर्थन गर्ने समेत बताएका छन् ।
साथै, उनले असोज ३ गतेको ससंविधान दिवसको अवसरमा समस्त नेपालीलाई शुभकामना समेत दिएका छन् ।