काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवाको गर्भनमा गम्भीर चोट लागेकाले १२ वटा टाँका लगाइएको खुलेको छ ।
अस्पताल स्रोतका अनुसार गम्भीर चोट लागेकाले देउवालाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने भएको छ । देउवा सैनिक अस्पताल छाउनीमा उपचाररत छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलााई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए ।