बुधबार, असार १०,२०८३ 05:57:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:57:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा सर्वोच्च अदालतको इजलासभित्रै प्रधानन्यायाधीश गवईमाथि जुत्ता प्रहार

Laxmi Sunrise Bank Limited
भारतमा सर्वोच्च अदालतको इजलासभित्रै प्रधानन्यायाधीश गवईमाथि जुत्ता प्रहार

नयाँ दिल्ली । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईमाथि आज सर्वोच्च अदालतको इजलास नम्बर १ मा जुत्ता प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, बिहान करिब साढे ११ बजे वकिल राकेश किशोरले अचानक जुत्ता प्रहार गरेका थिए।

घटनास्थलमा सुरक्षाकर्मीहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएर उपमहानगरीय प्रहरी कार्यालयमा लगेका थिए। राकेश अधिवक्ताको पोशाकमा थिए, काँधमा झोला र हातमा कागजात बोकेका थिए।

New Office
CG Motors
Garima Development Bank

स्रोतका अनुसार, जुत्ता प्रधानन्यायाधीश गवईको नजिकै बसेका न्यायाधीश के. विनोद चन्द्रनमा लागेको थियो। बाहिर निकालिँदै गर्दा राकेशले न्यायाधीश चन्द्रनसँग माफी माग्दै भनेका थिए, “यो तपाईंको लागि थिएन, गवईको लागि मात्र हो।”

घटनाका क्रममा राकेशले प्रधानन्यायाधीश नजिक गएर चिच्याए, “भारतले सनातन धर्मको अपमान सहन सक्दैन।” तर, त्यस बाबजुद पनि सुनुवाइ निरन्तर जारी रह्यो। भारतीय सञ्चारमाध्यमका अनुसार, राकेश प्रधानन्यायाधीशले भगवान विष्णुका बारेमा गरेको टिप्पणीप्रति रिसाएका थिए।

यसअघि गत सेप्टेम्बरमा प्रधानन्यायाधीश गवईले भगवान विष्णुको मूर्तिको पुनर्निर्माणसम्बन्धी मुद्दामा टिप्पणी गरेका थिए। उनले सामाजिक सञ्जालमा आलोचना आएपछि सबै धर्मको सम्मान गर्ने बताएका थिए। सुनुवाइको क्रममा उनले भनेका थिए, “यो निवेदन विशुद्ध रूपमा प्रचारको लागि दायर गरिएको हो। यदि तपाईं भगवान विष्णुमा गहिरो विश्वास राख्नुहुन्छ भने, प्रार्थना गर्नुहोस् र ध्यान दिनुहोस्।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानन्यायाधीश गवईको उक्त टिप्पणीलाई व्यापक आलोचना प्राप्त भयो। केहीले यसलाई हिन्दू धर्मको अपमान भनेका थिए भने आलोचकहरूले धार्मिक भावना र न्यायपालिकाको गरिमाको अनादर गरेको आरोप लगाए।

सर्वोच्च अदालतले यसअघि मध्य प्रदेशका युनेस्को विश्व सम्पदा स्थलहरूसँग सम्बन्धित पनि सूचना जारी गरिसकेको थियो।

उल्लेखनीय छ, प्रधानन्यायाधीश गवई गत भदौ १९ मा नेपाल भ्रमणमा आएका थिए। नेपाल–इन्डिया ज्युडिसियल डाइलगमा सहभागी हुन काठमाडौँ आएका उनी दुई दिन बसेर दिल्ली फर्किएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.