सोमबार, असार २,२०८२ 11:04:40
  • सोमबार, असार २,२०८२ 11:04:40
Global IME Bank Limited

ट्याक्सी ड्राइभरका छोरा बने माइक्रोसफ्ट एआईका सीईओ,को हुन् मूस्तफा सुलेमान ?

Hyundai Nepal
ट्याक्सी ड्राइभरका छोरा बने माइक्रोसफ्ट एआईका सीईओ,को हुन् मूस्तफा सुलेमान ?
Nabil Bank Limited

काठमाण्डौ । माइ्रक्रोसफ्टले गुगल डिपमाइन्डका सह–संस्थापक मुस्तफा सुलेमानलाई हायर गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुस्तफा सुलेमानले यसबारे जानकारी दिएका छन् । उनले आफ्ले माइक्रोसफ्टमा नयाँ टीमको सीईओको रुपमा नियुक्त भएको बताएका छन् ।  

यो टीमले कम्पनीको कन्ज्युम। फेसिङ एआई प्रोडक्ट्स हेर्ने गर्छ । यो टीमसँग को–पाइलट,बिङ र एज जस्ता प्रोडक्ट्सहरुको जिम्मेवारी हुनेछ । यसका साथै सुलेमान माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी पनि प्रदान गरिएको छ । उनी कम्पनीको सीनियर नेतृत्वको हिस्सा पनि हुनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो टीमले सिधै माइक्रोसफट्का सीईओ सत्य नडेलालाई रिपोटिङ गर्नेछ ।  

मुस्तफा सुलेमानले एआई ल्याब डिपमाइन्डलाई सन् २०१० मा स्थापना गरेका थिए । जसलाई सन् २०१४ मा गूगलले अधिग्रहण गरेको थियो ।  

सुलेमानले सन् २०२२ मा गूगल छोडेका थिए र इन्फेक्सन एआई स्टार्टअप स्थापना गरेका थिए ।  

सुलेमानको जन्म सन् १९८४ मा भएको थियो । सुलेमानको बुवा सीरियामा ट्याक्सी चालक थिए । उनकी आमा भने बेलायतमा नर्स थिइन् । उनले आफ्नो सुरुवाती शिक्षा थर्नहिल प्राइमरी स्कुलबाट गरेका थिए । उनले डेमिस हसाबिससँग मिलर डिपमाइन्डको सुरुवात गरेका थिए ।  

तर उनले १९ वर्षको उमेरमा विश्वविद्यालयको पढाई छाडेका थिए ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.