शुक्रबार, फाल्गुन ८,२०८२ 03:58:13
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 03:58:13
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा भएको क्षतिमा कुल बीमा दाबीमध्ये २ अर्ब १ करोड ९८ लाख भुक्तानी

जेनजी आन्दोलनमा भएको क्षतिमा कुल बीमा दाबीमध्ये २ अर्ब १ करोड ९८ लाख भुक्तानी
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।  

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार,कुल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको बीमा प्राधिकरणले जनाएको छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ ।  

पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।

निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको बीमा दाबी र भुक्तानीको विद्यमान अवस्था :

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.