आईतवार, बैशाख ६,२०८३ 08:34:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:34:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाषणैपिच्छे निहुँ खोज्दै ओली: सरकारलाई 'म्यादी' भने, काठमाण्डौ बाहिर जाने भन्दै आफूलाई रोकेर देखाउन चुनौति

Bizshala
भाषणैपिच्छे निहुँ खोज्दै ओली: सरकारलाई 'म्यादी' भने, काठमाण्डौ बाहिर जाने भन्दै आफूलाई रोकेर देखाउन चुनौति
Shivam Cement

काठमाण्डौ । नेपालको राजनीतिक परिवेश फेरि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दका कारण तात्तिने देखिएको छ ।  

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले सरकारको ‘मौखिक आदेश र प्रशासनिक मनपरी’ बढेको भन्दै आक्रोश पोख्दै कतिपय निर्णयको विषयमा कार्यान्वयन गरेर देखाउन चुनौति समेत दिए ।  

उनको भनाइले देशको राजनीतिक अवस्था अझ उत्तेजक हुने र मूठभेडको पृष्ठभूमि तयार हुने जोखिम समेत बढाउने देखिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ओलीले आफूलाई झापा जान नदिने, उपत्यका छोड्न रोक लगाउनेजस्ता कार्यलाई असंवैधानिक र तानाशाही चरित्रको अभ्यास भने । उनले भने,“झापा मेरो घर जलाइयो, म जान नपाउने ? साँगा कटेर जान नपाउने ? के कानुनले समाउँछ ? कुन लोकतन्त्रले थुन्छ ? मौखिक आदेशमा देश चलाउने ? यो कहाँको लोकतन्त्र हो ?”

त्यो भनाइमा उनले न केवल व्यक्तिगत रोष देखाए, तर राज्य संयन्त्रको दुरुपयोगविरुद्ध गहिरो सन्देश पनि दिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो प्रतिक्रिया सरकारप्रति बढ्दो अविश्वास, आगामी चुनावी समीकरण, र प्रशासनिक नियन्त्रणको प्रयोगबारे चासोको संकेत हो ।

अर्कोतर्फ ओलीले अहिलेको सरकारलाई “म्याद नभएको म्यादी सरकार” भन्दै कठोर टिप्पणी गरे । उनका अनुसार,“यो सरकार जग नभएको हो । यसलाई हल्लाउँदा हल्लिन्छ, पुक्लुक्कै उड्छ । कति जग भएका सरकारहरू बलजफ्ती फ्याँकिए, यो त जगै नभएको हो ।”

उनले सरकारको वैधानिक आधार कमजोर, राजनीतिक शक्ति अस्थिर, र जनसमर्थन स्खलित भएको आरोप लगाए ।

CG Motors
Garima Development Bank
IME remit

ओलीको अर्को आरोप अझै गम्भीर थियो । उनले भने, "अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर चुनावको बुथमा पुग्ने अवस्था छ । के सम्झौता छ सरकारको ती अपराधीसँग ?”

यस वक्तव्यले सुरक्षा संयन्त्रमा राजनीतिक प्रभाव र निर्वाचन व्यवस्थामाथिको शंका उजागर गर्छ । विश्लेषकहरूले यसलाई ओलीको चुनावी रणनीति तयारी र प्रतिपक्षीमाथिको मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरेका छन् ।

राजनीतिक विज्ञहरूले ओलीको वक्तव्यलाई केवल व्यक्तिगत असन्तोषको रूपमा होइन, मूठभेड बढाउन उद्यत गलत अभिव्यक्तिको संज्ञा दिएका छन् । 

पहिलो, उनले आफ्नो पार्टीलाई ‘प्रतिरोधी भूमिकाबाट चुनावी अग्रभागमा ल्याउने प्रयास’ गरेका छन्।

दोस्रो, उनले सरकारको वैधानिकता र नीतिगत कमजोरीमाथि प्रश्न उठाएर जनमत आर्जन गर्न खोजेका छन्।

र तेस्रो, सरकारसँग पटक पटक निहुँ खोजेर फेरि मुलुकमा मूठभेडलाई उनले आफ्ना अभिव्यक्तिहरुबाट दैनिकजसो निम्ता दिइरहेका छन् ।  

उनका पछिल्ला अभिव्यक्तिहरु जेनजी आन्दोलनका शहीद, घाइतेप्रति श्रद्धाञ्जली सहानुभूति प्रकट गर्न भन्दा सरकारको आलोचना गर्न, जेनजी आन्दोलनलाई तुच्छ शब्द प्रयोग गरी उल्लाउनमै बढी केन्द्रीत देखिन्छ । उनमा जेनजी आन्दोलनअघिको भन्दा बढी अहम् पछिल्लो समय देखिन्छ । 

ओलीले अन्त्यमा भने, “हामी जेलभित्र बसेर संघर्ष गरेका हौँ । हामी हुतिहारा होइनौं । लोकतन्त्र थुन्न खोज्नेहरूको युग अब समाप्त हुँदैछ ।”

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.