मंगलवार, कार्तिक ३,२०८३ 02:40:17
  • मंगलवार, कार्तिक ३,२०८३ 02:40:17
Global IME Bank Limited

के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत

Bizshala
के ओली र विप्लव मिल्न लागेका हुन् ? साझा आवाजले बढायो राजनीतिक एकताको संकेत
New Office

काठमाण्डौ । नेपाली राजनीतिमा फेरि एक पटक ‘कम्युनिस्ट एकता’ को चर्चा चल्न थालेको छ । ्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) एकै स्वरमा सर्वपक्षीय सरकार गठनको पक्षमा उभिँदा, राजनीतिक वृत्तमा दुवैबीच सम्भावित सहकार्य वा एकताको संकेत देखिन थालेको हो । विप्लवले केही समयअघि पार्टी एकताका लागि माओवादी केन्द्रसँग भन्दा एमालेसँग बढी निकट रहेर कुराकानी भइरहेको बताएका थिए । उनले एमालेसँग बढी कुराकानी भइरहेको बताएको केही समयमै सर्वपक्षीय सरकार गठनको ओली अजेण्डामा समेत ऐक्यबद्धता जनाएपछि भित्रभित्रै केही राजनीतिक खिचडी पाकिरहेको प्रतित हुने स्रोतहरु दाबी गर्छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारेका छन् । उता, विप्लवले पनि ठ्याक्कै यही लाइन समातेका छन् । “सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ,” विप्लवले भनेका छन् । चुनावका लागि विश्वसनीय वातावरण बनाउन सर्वपक्षीय सरकार आवश्यक रहेको दुवैको एकैस्वरको आग्रह छ ।

तर, पर्दा पछाडिको कथा के ?

स्रोतहरूका अनुसार ओली र विप्लवबीच गोप्य भेटघाटहरू भइरहेका छन् । जेनजी आन्दोलनको क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उत्पन्न राजनीतिक शून्यतामा दुवै नेता एकअर्कासँग नजिकिएका हुन् । 

ओलीले राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँगको भेटमा सर्वपक्षीय सरकारको प्रस्ताव राख्दा विप्लवको टिमसँग पनि छलफल भएको विश्वसनीय स्रोतले बताएको छ ।

ओलीको पुरानो अडान( प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना, संविधान संशोधन र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था) यी सबै विप्लवको 'क्रान्तिकारी' लाइनसँग मेल खाने किसिमका छन् । 

गत २३–२४ भदौको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ, जसलाई फागुन २१ मा चुनाव गराउने म्यान्डेट छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एकताको संकेत ? 

प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् । तर, यो छलफल सर्वपक्षीय सरकारको बहानामा ओली–विप्लव मिलनको 'ड्रेस रिहर्सल' मात्र हुनसक्छ ।

कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने पुरानो सपना बोकेका यी दुई नेताबीच पार्टी एकता वा चुनावी गठबन्धनको खाका बन्दैछ भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

के यो सहमति केवल चुनावी सरकारको लागि हो, वा कम्युनिस्टहरूको नयाँ एकताको सुरुवात ? आउँदा दिनले थप प्रष्ट्याउला ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.