मंगलवार, आश्विन १३,२०८३ 09:28:35
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:28:35
Bizshala
Global IME Bank Limited

कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार

Bizshala
कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष(आ.ब. २०८२/८३)को पहिलो त्रैमासमा नाफा बढाएको छ ।  

बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा बढाउने सफलता पाएको हो ।  

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालु आबको सोही अवधिमा १९ करोड ७५ लाखको उचाईमा पुगेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नाफा बढेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. १९.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष २०.४६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ३.९६ प्रतिशतबाट ४.४१ प्रतिशतमा पुग्दा वितरणयोग्य मुनाफा गत वर्षको तुलनामा केही घटेको देखिएको छ । यहीकारण सम्भावित कर्जा नोक्सानीका लागि प्रभिजन(इम्पेयरमेन्ट चार्ज) गत वर्ष ४ करोड ८७ लाख रुपैयाँ रहँदा यो वर्ष बढेर ११ करोड माथि पुगेको छ ।  

बैंकले गत वर्षको पहिलो त्रैमासमा २५ करोड ६७ लाख रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढाएर यो वर्ष २८ करोड ४६ लाखको उचाई चुमाएको छ भने गत वर्ष ५१ करोड ८७ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ६१ करोड ७६ लाख पुगेको छ ।  

बैंकको वितरणयोग्य मुनाफा घटे पनि वार्षिकीकृत रिटर्न अन इक्वीटी ११.८७ प्रतिशतबाट बढेर १३.३७ प्रतिशत पुगेको छ । यस्तै, वार्षिकीकृत रिटर्न अन एसेट(सम्पत्तिमा प्रतिफल) ०.९४ प्रतिशतबाट वृद्धि भई यो वर्ष १.१० प्रतिशत पुगेको छ । 

 

समीक्षा अवधिसम्म बैंकले ६३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी  ५१ अर्ब ४४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६२ अर्ब ८३ करोड निक्षेप संकलन गरी ५० अर्ब ७ करोड बढी कर्जा परिचालन गरेको थियो । यस्तै, अघिल्लो वर्ष १ अर्ब ८३ करोडमा सीमित रिजर्बको आकार बढेर १ अर्ब ८८ माथि पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  १५२.३१ रुपैयाँ, तरलता अनुपात २३.८० प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति १ हजार ८५४.८९ रुपैयाँ, पीई रेसियो २०.१८ गुणा र क्यापिटल एडेक्वेसी रेसियो १२.२६ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.