मंगलवार, श्रावण १९,२०८३ 05:18:32
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 05:18:32
Bizshala
Global IME Bank Limited

टर्कीले बढायो रुसबाट कच्चा तेलको आयात

टर्कीले बढायो रुसबाट कच्चा तेलको आयात
New Office

काठमाण्डौ । टर्कीका ठूला कच्चा तेल प्रशोधनकर्ता कम्पनीहरुले रुसबाट तेलको आयात बढाएका छन् । अमेरिका र पश्चिमा देशहरुले तेल बिक्रीबाट प्राप्त रकम युक्रने युद्धमा लगानी गरेको भन्दै रुसमाथि थप प्रतिबन्ध लगाएसँगै टर्कीले रुसी तेलको आयात बढाएको हो ।  

चीन र भारतसँगै टर्कीपनि रुसी तेलको ठूलो खरिदकर्तामध्ये एक हो । टर्कीका प्रशोधनकर्ताहरुले पनि प्रतिबन्धपश्चात भारतीय कम्पनीहरु जस्तै कदम चाल्न थालेको रोयटर्सले जनाएको छ ।   

 

अजेरी कम्पनी सोकारको स्वामित्वमा रहेको कम्पनी, सोकार टर्की एगियनज रिफाइनरीले हालै कच्चा तेल भएको चारवटा कार्गो खरिद गरेको छ । टर्कीको ठूलो तेल प्रशोधनकर्ता कम्पनीमध्ये एक यो कम्पनीले इराक, कजाकस्तान र अन्य रुसी उत्पादककर्ताहरुबाट डिसम्बर महिनामा ढुवानी हुने गरी तेल खरिद गरेको जनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.