सोमबार, असार २,२०८२ 11:55:07
  • सोमबार, असार २,२०८२ 11:55:07
Global IME Bank Limited

काठमाण्डौमा होलीको रौनक, विदेशीसहित सर्वसाधारणको उल्लेख्य सहभागिता(फोटो फिचरसहित)

Hyundai Nepal
काठमाण्डौमा होलीको रौनक, विदेशीसहित सर्वसाधारणको उल्लेख्य सहभागिता(फोटो फिचरसहित)
Nabil Bank Limited

काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज देशका पहाडी,हिमाली तथा काठमाण्डौ उपत्यकामा हर्षोल्लासका साथ मनाईदैछ । आज काठमाण्डौका विभिन्न स्थानमा मानिसहरु भेला भई एक अर्कालाई रंग लगाई होली मनाईरहेका छन् । केहि दिनदेखि पानी परेकाले मौसम चिसो भएपनि मानिसहरुमा रंगहरुको पर्वप्रतिको उत्साहमा भने कुनै कमी देखिएको छैन । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज पहाडी जिल्लाहरुमा सरकारले सार्वजनिक विदा दिएकाले आम सर्वसाधारणहरु उल्लेख्य संख्यामा भेला भई होलीको रंगमा रंगिएका छन् । काठमाण्डौको वसन्तुपरमा हरेक वर्ष झै यो वर्षपनि स्वेदेशी र विदेशी पर्यटकको उल्लेख्य उपस्थिती देखिन्छ । मानिसहरु विभिन्न रंगहरुको प्रयोग गरी एक अर्कालाई रंग दलि भातृत्व र सद्भावको भावनासहित रमाईरहेका देखिन्छन् । वसन्तपुरमा आयोजित होली कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती दिई सर्वसाधारणलाई मनोरञ्जन दिईरहेका छन् ।  

हिन्दु धर्मावलम्बीका साथै अन्य धर्मका मानिसहरु समेत होली खेली धार्मिक सहिष्णुता सद्भावको सन्देश दिईरहेका छन् । चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना र अप्रिय घटनालाई न्यूनिकरण गर्नका लागि सडकमा ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको छ ।

यस पालिको होली अन्य वर्षहरुको तुलनामा सभ्य देखिएको छ । यसपाली होली खेल्नेहरुले अपरिचित व्यक्तिहरुलाई पानीको लोला हान्ने तथा अबिर दल्ने जस्ता काम भएको देखिएन ।  

राजधानीका अन्य स्थानहरु ठमेल , इन्द्रचोक तथा चोकहरुमा समेत नेपाली युवायुवतीहरुका साथै पयर्टकको राम्रै उपस्थिति देखियो । वसन्तपुमा भेटिएकी एक महिला पयर्टकले नेपाल विविध संस्कृतिमा धनी रहेको बताइन । फ्रान्सेली नागरिक बताउने ती पर्यटकले भविष्यमा पनि होली मनाउन नेपाल आउने बताइन् ।  वसन्तपूरमा आज परम्परागत रुपमा लिंगोको पूजा गरेर होली सूरु गरिएको थियो । यी स्थानहरुमा होलीसँगै विभिन्न म्युजिकल ब्याण्डहरुको लाइभ कन्सर्टहरु पनि चलिरहेको देखिन्थ्यो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.