काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा कार्तिक ३० गते आइतबार काठमाण्डौ, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैंकको हाल कायम रहेको चुक्तापूँजी रु. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बोनस शेयर तथा ५.५३ प्रतिशतबराबरको नगद लाभांश कर प्रयोजनकालागि समेत) वितरण गर्ने, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनपारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असारमसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोहीअवधीको नगदप्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

