काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए ।
सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूूखीकरण दिईएको थियो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिएका थिए ।
अभिमूूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उनको भनाई छ ।
स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनीहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुुपयोग गरी उद्यमशिलता विकास गर्नुुपर्नेमा जोड दिए । महिला उद्यमशिलतासम्वन्धी अभिमूूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाई छ ।

