बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
Global IME Bank Limited

सुपर ट्रेण्डमा बुलिस नै रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर भाउ कतिसम्म पुग्ला ?

Hyundai Nepal
सुपर ट्रेण्डमा बुलिस नै रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर भाउ कतिसम्म पुग्ला ?
Nabil Bank Limited

काठमाण्डौ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका १४ जीवन बीमा कम्पनीमध्ये एक हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । कम्पनीले गत साउनमा अंकित मूल्य रु १०० मा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १ सय वितरण शाखा, ३८० कर्मचारी र ३४ हजार १८० एजेन्टमार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।    

आधारभूत पक्षः  

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।  

खुद मुनाफा ३२ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २०.५३ रुपैयाँ छ । कम्पनीको बुक भ्यालु १८७.०४ रुपैयाँ र रिर्टन अन इक्विटी १०.९७ रुपैयाँ रहको छ । कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेको २५ प्रतिशत लाभाशंका लागि बुक क्लोज गर्न बाँकी नै छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक  पक्षः  

प्राविधिक रुपमा फियर एण्ड ग्रिडमा कम्पनी अझै पनि कमजोर बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताको खरिदबिक्री सामान्य अवस्थामा रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य भनेको ६३५ रुपैयाँ रहेको छ भने न्युन मूल्य ४०१ रुपैयाँ रहेको छ । कम्पनीको हाल दोस्रो बजारमा ६०५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीमा ७० प्रतिशत स्वामित्व संस्थापक समूहको रहेको छ भने ३० प्रतिशत  सर्वसाधारणको छ ।  

सुपर ट्रेण्डको आधारमा  

सुपर ट्रेन्डमा यो कम्पनी हालसम्म पनि बुलिस नै रहेको छ । यदि सुपर ट्रेण्डमा मूल्य रेखाहरु ट्रेण्ड लाइन भन्दा माथि चल्छन र सुपर ट्रेण्डको रंग पनि रातोबाट हरियो रहन्छ भने त्यसलाई बुलिस र मूल्य रेखाहरु ट्रेण्डलाईन भन्दा तल झरेर सुपर ट्रेण्डको रंग रातो बन्छ भने त्यसलाई वियरिस रहेको बुझिन्छ । हाल बजार घट्दा पनि यो कम्पनीको सेयरमा सुपर ट्रेण्डमा बुलिस नै रहेको छ ।  

बोलिङगर ब्यान्ड , म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीलाई हेर्दा केही समय पहिले अपर ब्याण्डमा छोएर तल खसेको कम्पनी हाल मध्य ब्याण्डमा सपोर्ट लिदै गरेको देखिन्छ । म्याक्डीबाट हेर्दा आज वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बनेको छ । आरएसआई भने न्यूट्रल जोन ५२ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयरमा केही दिन देखि भने बिक्री दबाव आएको देखिन्छ ।  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –६५४

प्रतिरोध २ –६४४

प्रतिरोध १– ६२६

पिभट प्वइन्टः ६१७

घटेमा सपोर्ट  

सपोर्ट १– ५९९

सपोर्ट २– ५८९

प्रतिरोध ३ –५७२

निष्कर्षः आधारभूत रुपमा यो कम्नपनीलाई नियाल्दा कम्पनीले पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र जगेडा कोषमा सन्तोषजनक अवस्थामा नै रहेको छ । तर जगेडा कोष भने अघिल्लो त्रैमासको तुलनामा घटेको छ । कम्पनीको रिर्टन अन इक्विटी भने बढ्दो क्रममा देखिन्छ । बुक भ्यालु र प्रतिसेयर आम्दानीमा पनि प्रगति नै देखिन्छ । कम्पनीले हाल करिब २५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । यसले कम्पनीको चुक्तापूँजी बढ्दै जाने देखिन्छ । प्राविधिक रुपमा यो कम्पनी हालसम्म पनि बुलिस रहेको देखिन्छ । तर पछिल्लो समय बिक्री दबाव परेको देखिन्छ । त्यस कारण यदि यो कम्पनीको सेयर भाउ मध्य ब्याण्डबाट पनि तल खस्छ भने हाल ६०५ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर भाउ तल्लो ब्याण्ड अर्थात पिभट् प्वइन्टको तेस्रो सपोर्ट ५७२ सम्म पनि आउन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.