बुधबार, श्रावण १३,२०८३ 01:19:51
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:19:51
Bizshala
Global IME Bank Limited

अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने

अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने
New Office

अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने

काठमाण्डौ । अब संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट र श्रम भिसामा जाने नेपाली नागरिकले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ । यूएईले नेपाली नागरिकका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

काठमाण्डौस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

यस्तै दूतावासले नेपालीका लागि सबै प्रकारका भिसा खुल्ला गरिएको बताएको छ । यूएईले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि भिजिट र वर्किङ भिसा रोक गरेको थियो। उक्त घटनामा जेलबाट कैदीहरू फरार भएपछि सरकारले अस्थायी रूपमा नेपालीहरूका लागि भिसा नदिने निर्णय गरेको थियो। 

जसका कारण यूएई सरकारबाट वर्क परमिट जारी गरिएका करिब ५ हजार नेपाली श्रमिक यूएई जानबाट बञ्चित भएका छन् । 

नेपालका लागि यूएई प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.