यूएईको ओपेकबाट बाहिरिने निर्णय : तेल बजारमा ठूलो परिवर्तनको संकेत
काठमाण्डौं । संयुक्त अरब अमीरात )यूएई) ले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) बाट अचानक बाहिरिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा यसको ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ।यूएई सन् १९७१ मा राष्ट्र बनेसँगै ओपेकको सदस्य बनेको थियो, यद्यपि संगठन सन् १९६० मै स्थापना भएको हो। ओपेकको स्थापना इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले गरेका थिए, जसको उद्देश्य उत्पादन...

