मंगलवार, भाद्र २,२०८३ 05:38:19
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 05:38:19
Bizshala
Global IME Bank Limited

सुन तस्करीको अखडा बन्न थालेपछि युएईले लगायो करिब ३ दर्जन सुन प्रशोधनकर्तामाथि प्रतिबन्ध

सुन तस्करीको अखडा बन्न थालेपछि युएईले लगायो करिब ३ दर्जन सुन प्रशोधनकर्तामाथि प्रतिबन्ध
New Office

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स(युएई)ले करिब ३ दर्जन सुन प्रशोधनकर्तालाई प्रतिबन्ध लगाएको छ । युएईले सम्पत्ति शुद्धिकरणको मामिलामा ३२ वटा गोल्ड रिफाइनरीमा अल्पकालिन प्रतिबन्ध लगाएको हो ।  

युएईको अर्थमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आर्थिक अपराध पत्ता लगाउन तथा न्यूनिकरण गर्ने अभियानअन्तर्गत ३२ वटा रिफाइनरीको गतिविधिमा रोक लगाइएको जनाएको छ । देशको सुन क्षेत्रको करिब ५ प्रतिशत हिस्सा ओगट्ने ३२ वटा रिफाइनरीको गतिविधि आगामी अक्टोबर २४ सम्मका लागि रोकिएको छ ।  

Bizshala
CG Motors

सरकारी अधिकारीहरुले यी प्लान्टहरुले २५६ वटा नियमको उल्लंघन गरेको बताएका छन् । जसमा जोखिम पहिचानका लागि आवश्यक कदम नचालेको र आतंकवादका विरुद्ध ग्राहकहरुको कारोबारको डेटाबेस परीक्षण नगरेको जस्ता विषय छन् ।  

युएईले सम्पत्ति शुद्धिकरण र सुन तस्करका विषयमा आँखा चिम्लिरहेको छ भन्ने आरोपका बीच युएई सरकारले वित्तीय स्वच्छताका लागि नयाँ कदम चल्न थालेको जनाइएको छ ।  

स्विस एडको प्रतिवेदनका अनुसार सन् २०२२ मा युएईमा अफ्रिकाबाट आयात भएको कुल सुनको दुई तिहाई हिस्सा तस्करीको थियो । त्यसरी तस्करी भएको सुन पछि स्विट्जरल्याण्ड लगायतका देशमा निर्यात भएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.