काठमाण्डौ । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ७० लाख नाघेको छ । सरकारले करको दायरा विस्तारमा जोड दिएसँगै व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य वृद्धि देखिएको हो ।
आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक प्यान नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा भने १ लाख १८ हजार १३८ ले बढी हो ।
त्यस्तै, यो अवधिमा ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। यो संख्या आर्थिक वर्ष २०८०/८१ को भन्दा ६ लाख ५३ हजार २४३ जनाले बढी हो ।
यसैगरी यो अवधिमा लाख ५९ हजार ६६० करदाता भ्याटको दायरामा समेटिएका छन्। यो संख्या आव २०८०/८१ को तुलनामा २४ हजार ६४३ ले बढी हो । आव २०८०र८१ मा २६ हजार ५४० जना भ्याटमा दर्ता भएका थिए ।
आय विवरण बुझाउनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८१र८२ मा आय विवरण बुझाउनेको संख्या १५ लाख २ हजार १२० पुगेको छ ।

