बिहीबार, श्रावण १४,२०८३ 01:20:53
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:20:53
Bizshala
Global IME Bank Limited

प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो, एक वर्षमा १.१८ लाख थपिए

प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो, एक वर्षमा १.१८ लाख थपिए
New Office

काठमाण्डौ । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ७० लाख नाघेको छ । सरकारले करको दायरा विस्तारमा जोड दिएसँगै व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य वृद्धि देखिएको हो ।

आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक प्यान नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा भने १ लाख १८ हजार १३८ ले बढी हो ।

त्यस्तै, यो अवधिमा ४९ लाख २० हजार ३८९ जनाले व्यक्तिगत पान लिएका छन्। यो संख्या आर्थिक वर्ष २०८०/८१ को भन्दा ६ लाख ५३ हजार २४३ जनाले बढी हो ।

यसैगरी यो अवधिमा लाख ५९ हजार ६६० करदाता भ्याटको दायरामा समेटिएका छन्। यो संख्या आव २०८०/८१ को तुलनामा २४ हजार ६४३ ले बढी हो । आव २०८०र८१ मा २६ हजार ५४० जना भ्याटमा दर्ता भएका थिए ।

आय विवरण बुझाउनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०८१र८२ मा आय विवरण बुझाउनेको संख्या १५ लाख २ हजार १२० पुगेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.