आईतवार, फाल्गुन ३,२०८२ 08:43:03
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:43:03
Bizshala
Global IME Bank Limited

सानिमा बैंकको इन्टरनेट बैंकिङ अब कहिल्यै नचल्ने भएको हो ?ग्राहक रिसाए

सानिमा बैंकको इन्टरनेट बैंकिङ अब कहिल्यै नचल्ने भएको हो ?ग्राहक रिसाए
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा अब नचल्ने भएको छ ।  

बैंकले एक सूचना प्रकाशित गर्दै उसको इन्टरनेट बैंकिङ सेवा २०८२ मंसिर १४ गतेदेखि बन्द हुने जनाएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सेवाको विकल्पमा व्यक्तिगत सेवाग्राहीले मोवाइल बैंकिङ एप र वेब संस्करण दुवैमा उपलब्ध हुने तथा संस्थागत सेवाग्राहीले कर्पोरेट पे सेवा प्रयोग गर्न समेत बैंकले अपील गरेको छ ।  

सानिमा बैंकको ग्राहक सेवामा कार्यरत एक कर्मचारीले बैंकको इन्टरनेट बैंकिङ अब सधैंका लागि बन्द हुन लागेको प्रष्ट पारे । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'अब इन्टरनेट बैंकिङ चल्दैन । तर यो सेवा बन्द हुँदा मोवाइल बैंकिङमा भने कुनै प्रभाव पर्नेछैन । मोवाइलबाट पहिलाको जस्तै बैंकिङ चलाउन सकिन्छ ।' ती कर्मचारीले भने- 'डेस्कटप र ल्यापटपबाट चलाइने इन्टरनेट बैंकिङ सेवा चाहिँ अब बन्द हुनेछ ।'  

बैंकले प्रष्ट कारणबिना नै इन्टरनेट बैंकिङ बन्द गर्ने सूचना प्रकाशन गरेपछि ग्राहकहरुले आक्रोश पोखिरहेका छन् । बैंकका विभिन्न सामाजिक सञ्जाल प्ल्याटफर्ममा ग्राहकहरुले अस्पष्ट सूचना हालेको भन्दै बैंक नेतृत्वको आलोचना गरिरहेका छन् ।  

यो विषयमा सानिमा बैंकका कुनै पनि उच्चपदस्थहरुले प्रतिक्रिया दिएनन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.