काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश(करसहित) वितरण प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न बैंकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्दैछ ।

