स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आज काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाको अध्यक्षता बैंकका अध्यक्ष श्री वेणुगोपाल रंगनाथनले गरेका थिए ।सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को उल्लेखनीय वित्तीय प्रदर्शन प्रस्तुत गरिएको थियो। उक्त अवधिमा बैंकले ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन नाफा आर्जन...

