बुधबार, भाद्र ३,२०८३ 04:43:45
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:43:45
Bizshala
Global IME Bank Limited

लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा

लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बैंकको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Bizshala
CG Motors

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा सञ्चालक समितिको सिफारिशबमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.