सोमबार, असार २,२०८२ 03:34:26
  • सोमबार, असार २,२०८२ 03:34:26
Global IME Bank Limited

लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा

Hyundai Nepal
लाभांश पारितको मुख्य अजेण्डासहित स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ९.३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बैंकको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा सञ्चालक समितिको सिफारिशबमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.