काठमाण्डौ । डिजिटल वालेट खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ। यस साझेदारीसँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।
यस साझेदारीपश्चात ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप ‘एससी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत सजिलै लिन सकिने बैंकले जनाएको छ। ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी , इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप–एससी मोबाइल नेपाल प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ ः
१ बैंकिङ एप भित्र जानुहोस्
२ माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्नुहोस्
३ ‘बिल पेमेन्ट’ मा छनोट गर्नुहोस्
४ ‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्नुहोस्
५ विवरण भर्नुहोस्
६ बैंकको साइन इन गर्नुहोस्
७ प्राप्त भएको OTP/eTAC राख्नुहोस्
८० लोड पूरा गर्नुहोस्
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो सुविधासँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकहरूले खल्तीमा आबद्ध भई युटिलिटी बिल भुक्तानी, बुकिङ साथै खल्तीका अन्य नवीनतम सुविधाहरू निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन्।