आइएमई पे र खल्ती मर्जरमा जाने
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्ती मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच मर्जरमा जानका लागि सहमति भएको छ । सहमितिअनुसार मर्जरपश्चात बन्ने कम्पनीमा आइएमई पेको सेयर अधिक रहनेछ । मर्जरपश्चात बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ हुने जनाइएको छ । मर्जर प्रयोजनको आशयपत्र (एलओआइ)का लागि आज दुवै कम्पनीका अधिकारीहरु राष्ट्र बैंक पुगेका छन् ।