काठमाण्डौ । ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को चौथो संस्करण जेठ १ गतेबाट सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ । जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्युन्सर सँग प्रतिस्पर्धा गर्नेछन्।
यस जात्रा अन्तर्गत ५ जनाले भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । यस्तै ९ जनाले होनर एक्स८ सी स्मार्टफोन जित्नुका साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी, एअर बड देखि सयौँ उपहारहरू जित्न सक्नेछन्। पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन्।
जेठ १ देखि असार ३२ गतेसम्म लागू रहने ६३ दिनको यस जात्रा अवधिमा १५–१५ दिन गरी ४ राउन्ड रहेको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स१२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन्। हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। ४ वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ भेस्पा एलएक्स१२५ जित्न सक्नेछन्। कुल मिलाएर एक प्रयोगकर्ताले भेस्पा एलएक्स १२५ जित्ने ५ वटा मौका पाउनेछन्।
गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ। । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले क्रियट ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन्। साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा होनर एक्स७बी स्मार्टफोन जित्ने मौका मिल्नेछ ।