आईतवार, फाल्गुन ३,२०८२ 08:04:13
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:04:13
Bizshala
Global IME Bank Limited

‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ खल्तीबाट सजिलै गर्न सकिने

‘सारेगमप लिल च्याम्प्स २’ को भोटिङ खल्तीबाट सजिलै गर्न सकिने
Shivam Cement

काठमाण्डौ । ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन्।

बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो। पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स ’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेस फोर के र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने छन् ।  

सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले भने,‘खल्तीसँगको यस सहकार्यले हाम्रो दर्शकहरूलाई पहिले भन्दा अझ सशक्त बनाएको छ। सो, प्रतियोगी र गायन कलाका प्रशंसकहरूले अझ सरल तरिकाले भोटिङ गर्न पाउने यस व्यवस्थाले हाम्रो प्रतियोगीहरूको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने कुरामा हामी विश्वस्त छौँ। दर्शकहरू माझ सहभागिता र सम्बन्ध विस्तार गर्नका निम्ति खल्ती सँग एक नयाँ डिजिटल दृष्टिकोण ल्याउन पाउँदा हामी एकदम उत्साहित छौँ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीका बारेमा भने, ‘हामीले हाल सम्म सयौँ कार्यक्रमहरूको लागि खल्ती भोटिङ प्ल्याटफर्म प्रदान गर्दै आइरहेका छौँ। यसै अनुरूप हामीले सारेगमप सँगको यस सहकार्यमा ‘सारेगमप लिल च्याम्प्स सिजन २ मा भोटिङ सुविधा उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ। अब खल्ती प्रयोगकर्ताहरूले आफू जहाँ भए पनि आफ्नो मन पर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै सो र कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.